२०८२ भदौ २९ गते
काठमाडौँ । जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको अर्थमन्त्रीका रुपमा पूर्व अर्थसचिव रामेश्वर खनालको नाम चर्चामा आइरहेको छ । अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेपछि बिस्तार हुने नयाँ मन्त्रीमण्डलमा अर्थमन्त्रीका रुपमा खनालको नाम लिइन थालिएको छ । अनलाइन भोटिङ मार्फत प्रधानमन्त्री छानेका जेनजी प्रतिनिधीहरुले मन्त्रीहरु पनि आनलाइन मार्फत नै छान्ने तयारी गरेको बुझिएको छ ।
वाणिज्यपोष्टले पूर्व अर्थसचिव खनाललाई तपाइँ अर्थमन्त्री बन्न लाग्नुभएको हो ? भनेर सोधेको प्रश्नमा आफूलाई प्रस्ताव आएको तर निर्णय भइनसकेको प्रतिक्रिया दिए । उनले भने, 'युवाहरुले मेरो नाम प्रस्ताव गरेको भन्ने छ कुराहरु आइराखेका छन् तर अहिले निर्णय भने भइसकेको छैन ।'
उता रास्वपाका नेता स्वर्णिम वाग्लेले पनि आजको विकराल आर्थिक अवस्था सम्हाल्न सक्षम रामेश्वर खनाल रहेको भन्दै रामेश्वर खनाललाई समर्थन गरेको बताएका छन् ।पूर्व अर्थसचिव रामेश्वर खनाललाई क्षमतावान प्रशासक र कुशल अर्थशास्त्रीका रुपमा हेरिँदै आएको छ ।
प्रतिक्रिया