२०८२ मंसिर १७ गते
काठमाडौ । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पनि बैंकिङ कसुरमा पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्युरोले प्रभु बैंक कर्जा दुरुपयोगमा सघाएको आशंकामा सञ्चालक शाक्यलाई पक्राउ गरेको जनाएको छ । प्रभु बैंक लि. का कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून बिपरित प्रभु बैंकलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने/गराउने कसुरमा संलग्न रहेका भन्दै सञ्चालक शाक्यलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
उनलाई बुधबार ललितपुरको भनीमण्डलबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । केही दिन अघि पक्राउ परेका सिइओ शेरचनमाथि भने अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया