भुक्तानी सेवा प्रदायकलाई राष्ट्र बैंकको निर्देशन, 'करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित बनाऊ'

२०८३ साउन १४ गते

भुक्तानी सेवा प्रदायकलाई राष्ट्र बैंकको निर्देशन, 'करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित बनाऊ'

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले सञ्चालन गर्न लागेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८१’ लाई व्यवस्थित र प्रभावकारी बनाउन  भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ ।

 

Advertisement:

Ad
Ad

राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त सबै संस्थाहरूलाई पत्राचार गर्दै आन्तरिक राजस्व विभाग सञ्चालन गर्ने कार्यक्रमका लागि विद्युतीय प्रणालीमा अन्तर–आबद्धता कायम गर्न र कार्यक्रमका बारेमा ग्राहकहरूलाई समयमै सूचित गर्न निर्देशन दिएको हो ।

 

केन्द्रिय बैंकले भनेको छ, 'सबै पिएसपिहरुको मोबाइल एपबाट श्रावण १६ गते “करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ साउन २१ गतेदेखि सञ्चालनमा आउने जानकारी नोटिफिकेसन मार्फत ग्राहकलाई पठाउनु रदसो कार्यक्रममा सहभागीताको लागि मोबाइल एप अद्यावधिक गर्नुपर्ने भएमा सो को नोटिफिकेसन समेत ग्राहकलाई पठाउनु ।'