फागुन १ गते सार्वजनिक बिदा छैन: गृह मन्त्रालय

२०८० माघ २९ गते

फागुन १ गते सार्वजनिक बिदा छैन: गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज (सोमबार) सूचना निकालेर फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नरहेको उल्लेख गरेका छन्।

Advertisement:

Ad
Ad

संघीय सरकारले गत वर्ष जनयुद्ध दिवसका दिन फागुन १ मा बिदा दिएको थियो । तर सर्वोच्च अदालतले उक्त बिदा बदर गरिदिएको थियो।