२०८२ साउन ०४ गते
काठमाडौ । नेपालमा भित्रने प्रत्यक्ष वैदेशिक लगानी बढेको छ । उद्योग विभागको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा (आर्थिक वर्ष २०८१८२) ६४ अर्ब ९६ करोडलरुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ। यो भनेको वैदेशिक लगानीकर्ताले नेपालमा लगानी गर्न प्रतिवद्धता जनाएको रकममा विभागले स्विकृत गरेको रकम हो ।
अघिल्लो आर्थिक वर्ष (२०८० ८१ ) ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानीको लागि स्वीकृति भएको थियो।
विभागको तथ्यांक अनुसार अटोमेटिक रुटबाट चार अर्ब ६१ करोड रुपैयाँ बराबरको चार सय ५१ परियोजना स्वीकृत भएका छन्। अप्रुभल रुटबाट ६० अर्ब ३५ करोड रुपैयाँ लगानी स्वीकृत भएको उल्लेख गरिएको छ।
गत आर्थिक वर्ष ८४० वटा परियोजनालाई लगानी स्वीकृति दिइएको थियो। संख्यागत आधारमा सबैभन्दा धेरै सूचना प्रविधि क्षेत्रका छन् ।
लगानी मूल्यको आधारमा सेवामूलक उद्योग र पर्यटन क्षेत्रमा धेरै छ। गत आर्थिक वर्षमा ८४ सेवा मूलक उद्योग सम्बन्धी परियोजनामा ३० अर्ब ९० करोड रूपैयाँ लगानी स्वीकृत दिइएको छ। पर्यटन उद्योगका ३०४ परियोजनाको लागि २६ अर्ब ८२ करोड लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ।
५५ उत्पादनमूलक उद्योगको लागि ३ अर्ब ८४ करोड, एउटा ऊर्जा उद्योगको लागि २ करोड ५५ लाख, १२३ वटा कृषि उद्योगको लागि एक अर्ब ४६ करोड रुपैयाँ लगानी स्वीकृति दिइएको छ।
प्रतिक्रिया