पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

२०८० माघ १६ गते

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

इस्लामावाद, पाकिस्तान ।  पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनका नजिकका सहयोगी, पूर्व विदेश मन्त्री शाह महमूद कुरैशीलाई राज्यको गोप्य सूचना चुहावट सम्बन्धी मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ ।

अफिसियल सेक्रेट एक्ट अन्तर्गत स्थापित अदालतले खानलाई अमेरिकाका लागि पूर्व पाकिस्तानी राजदूतले पठाएको गोप्य केबलको दुरुपयोग गरेकोमा दोषी ठहर गरेको छ ।

Advertisement:

Ad
Ad

रावलपिंडीको जेलमा स्थापना गरिएको विशेष अदालतले मंगलबार तथाकथित साइफर केसमा सजायको घोषणा गरेको हो । इमरान खान त्यस आरोपलाई २०२२ मा आफुलाई सत्ताबाट हटाउने षड्यन्त्र मान्दछन् । खानले बारम्बार आरोप अस्वीकार गर्दै आएका छन् ।

खान गत वर्ष अगस्टदेखि जेलमा छन् र जेल बाटै धेरै मुद्दाहरूको सामना गर्दै छन् ।