२०८० चैत ०६ गते
काठमाडौँ । मुलुकको अर्थतन्त्रमा निर्यातको तुलनामा आयातको हिस्सा डरलाग्दो देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांकअनुसार १० खर्ब ३० अर्ब २२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ भने निर्यातको हिस्सा निकै कम रहेको छ । यो अवधिमा नेपालबाट १ खर्ब ४ अर्ब ७९ करोड ६२ लाख रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको देखिएको छ ।
यद्यपि मुलुकमा कायम आर्थिक मन्दीका कारण आर्थिक गतिविधीमा सुस्तता आउँदा आयात र निर्यातको हिस्सा गत वर्षको यसै समयको तुलनामा भने कमी आएको छ । गत वर्षको यही अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।चालु आर्थिक वर्षको ८ महिनामा आयात २.६६ प्रतिशतले घटेको छ भने निर्यात पनि ३.९९ प्रतिशतले घटेको हो ।
प्रतिक्रिया