नेप्से परिसूचक १५.६२ अंकले घट्यो

२०८० फागुन ०३ गते

नेप्से परिसूचक १५.६२ अंकले घट्यो

काठमाडौँ  साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १५.६२ अंकले घटेर २०६०.८८ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७५ प्रतिशतले घट्न पुगेको हो ।

१३ उपसमूहमध्ये यस दिन एउटा उपसमूहको परिसूचक मात्रै बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन र प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ०.१५ प्रतिशत बढेको छ भने फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक २.७१ प्रतिशत घटेको छ।

Advertisement:

Ad
Ad

बजारमा आज ३.७८ अर्ब बढीको शेयर किनबेच भएको छ । जसमा ७९ कम्पनी बढेका छन् भने १६३ कम्पनी घटेका छन् । यसैगरी ७ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज शेयर बजार घटेपनि समाज लघुवित्त र बोटलर्स नेपाल बालाजुको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, यस दिन सर्वाधिक घट्ने मैलुंग खोला जलविद्युत कम्पनी रह्यो जसको शेयर ५.७० प्रतिशतले घट्न पुगेको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा प्रभु सेलेक्ट फन्ड रह्यो ।