नेप्से परिसूचक १५.३३ अंकले बढ्यो, शेयर बजार २१०० बिन्दुमाथि

२०८० माघ २९ गते

नेप्से परिसूचक १५.३३ अंकले बढ्यो, शेयर बजार २१०० बिन्दुमाथि

काठमाडौँ  साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १५.३३ अंकले बढेर २१०१.१६ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७३ प्रतिशतले बढ्न पुगेको हो ।

शेयर बजारमा आज १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। सोमबार कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२२ प्रतिशत बढेको छ भने अन्य समुहको परिसूचक ०.०५ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad

यस दिन नेप्से परिसूचक बढे पनि  कारोबर रकम भने  घटेर ३.५८ अर्ब बढीको शेयर किनबेच भएको छ । जसमा १९९ कम्पनी बढेका छन् भने ४५  कम्पनी घटेका छन् । यसैगरी ४ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, कुथेलि बुखारी हाइड्रोपावर, चिर्ख्वा हाइड्रोपावर, बलेफी हाइड्रोपावर कम्पनीको  शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, आज सर्वाधिक घट्ने कम्पनीमा एनआइसी एसिया ग्रोथ फन्ड-२ रह्यो जसको शेयरमा ८.८९ प्रतिशतले घटेको छ ।

सोमबार सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा एनएमबी शुलभ इन्भेस्टमेन्ट फन्ड-२ रह्यो ।