नेपाल प्रिमियर लिगको ट्रफी सार्वजनिक

२०८१ मंसिर १० गते

नेपाल प्रिमियर लिगको ट्रफी सार्वजनिक

काठमाडौं। एक कार्यक्रम माझ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी अनावरण गरेका छन् ।

सुनधारा स्थित धरहरा परिसरमा सोमवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागी ८ टोलीका मार्की खेलाडीका साथ यसै साता सुरु हुने  एनपिएलको ट्रफी अनावरण गरेका हुन् । ट्रफीमा कालापथ्थरबाट ल्याइएको ढुंगा प्रयोग गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए ।

Advertisement:

Ad
Ad

प्रधानमन्त्री ओलीले नेपाल खेलकुदका लागि महत्त्वपूर्ण दिन रहेको जनाउँदै एनपिएलले खेलकुदमा‌ नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे । उनले क्रिकेट युवा पुस्ताको सपना बनेको बताए । "सहभागी खेलाडी सबैलाई जितको शुभकामना दिन चाहन्छु ।’’, हरेक क्लब र खेलाडीका लागि विशेषतायुक्त प्रशंसाका शब्द गुच्छा प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भने, “नेपालीले चान्स पाएपछि गर्छ भन्ने मान्यतालाई फेरि पनि स्थापित होस् । नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस् । क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो ।’’ उनले एनपिएलले पर्यटन व्यवसायलाई पनि टेवा पुग्ने विश्वास लिएको बताए । उनले युवा प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन एनपिएल प्रभावकारी हुने आशा व्यक्त गरे ।