नेप्सेको पुर्नसंसरचनाबारे शिवाकोटी प्रतिवेदन : '३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्छ,कमजोर अवस्थामा प्रतिस्पर्धामा जाउ भन्नु हुदैन'

२०८२ जेठ २७ गते

नेप्सेको पुर्नसंसरचनाबारे शिवाकोटी प्रतिवेदन : '३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्छ,कमजोर अवस्थामा प्रतिस्पर्धामा जाउ भन्नु हुदैन'

काठमाडौ । चिन्तामणी शिवाकोटी प्रतिवेदनले नेप्सेको पुर्नसंरचना गर्ने हो भने ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने बताएको छ । नेपाल धितोपत्र बोर्डले चिन्तामणि शिवाकोटीको नेतृत्वमा गठित पुँजी बजार सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । सोही प्रतिवेदनमा नेप्सेको चुक्तापुँजीको ३० प्रतिशत रकम सर्वसाधारणका लागि छुट्याएर आइपिओ जारी गर्नुपर्ने बताएको  छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालनको लागि एक भन्दा बढी सङ्गठित संस्थालाई अनुमति दिन उपयुक्त हुने र नहुने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन, २०८१ मंगलबार बोर्डले  सार्वजनिक गरेको हो । हाल नेप्सेमा नेपाल सरकारको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको ९.५१ प्रतिशत, कर्मचारी सञ्चयकोषको १० प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकको ११.२३ प्रतिशत, लक्ष्मी सनराइज बैंक (साविकको लक्ष्मी बैंक) को ५ प्रतिशत, प्रभुबैंकको ५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

Advertisement:

Ad
Ad

यस्तै धितोपत्र दलाल व्यवसायीको ०.६ प्रतिशत सेयर रहेको छ । यद्यपि नेप्सेलाई कमजोर अवस्थामा राखेर नयाँ र प्रविधि सम्पन्न कम्पनीसँग प्रतिस्पर्धा गर भन्नु खुट्टा बाँधेर खेलाडीलाई मैदानमा पठाउँनु र स्वर्णपदकको आश गर्नुजस्तै भएको प्रतिवेदनको ठहर छ । यसकारण नेप्सेको पुर्नसंरचना साथसाथै नयाँ कम्पनीको पनि आवश्यकता  प्रतिवेदनले औल्याएको छ ।