नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

२०८२ असार २० गते

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत बराबरको हकप्रद सेयर ल्याउन लागेको हो ।


यस हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ । यसआधारमा जेठ २९ गतेसम्म कायम सेयरधनीहरूले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । हकप्रदमा आवेदन दिने समय साउन २६ गतेसम्म तोकिएको छ ।  

Advertisement:

Ad
Ad


नेपाल इन्स्योरेन्सले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ३.४७८३ कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता सेयर, अर्थात ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ ।