२०८३ साउन २१ गते
काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्तिका लागि उत्कृष्ट तीनमा परेका थिए ।
साहसँग आयल निगममा काम गरेको अनुभव छ । उनी पूर्वनिमित्त कार्यकारी निर्देशक हुन् ।
प्रतिक्रिया