मोहन वैद्यसँग आवद्ध युवा संगठनद्वारा डिडिसीका महाप्रबन्धकमाथि कालोमोसो

२०८० फागुन ०४ गते

मोहन वैद्यसँग आवद्ध युवा संगठनद्वारा डिडिसीका महाप्रबन्धकमाथि कालोमोसो

काठमाडौँ  ।दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झामाथि कालोमोसो दलिएको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट युवा संगठनले झालाई कालाेमाेसाे दलेकाे हाे ।

Advertisement:

Ad
Ad

संगठनले झामाथि दूध बिक्री गरेकाे करिब १७ करोड रूपैयाँ दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको आराेप लगाएका छन् । डीडीसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रूपैयाँ बक्यौता तिर्न आलटाल गरेको र कर्मचारीको सरुवा तथा बढुवामा आर्थिक लाभ लिएको भन्दै दुर्व्यवहार गरेका छन् ।

संगठनका अनुसार महाप्रबन्धकको नियुक्ति लिएपछि पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड घाटामा लगेको लगायतका आरोपमा झालाई कालोमोसो दलिएको हाे।