मोबाइल अफ गरेर दुर्गा प्रसाईं फरार, राजावादीका रविन्द्र मिश्र लगायत ठूला नेता पक्राउ

२०८१ चैत १६ गते

मोबाइल अफ गरेर दुर्गा प्रसाईं फरार, राजावादीका रविन्द्र मिश्र लगायत ठूला नेता पक्राउ

काठमाडौं । काठमाडौँ तीनकुने घटनामा भएको विध्वंशको जिम्मेवार व्यक्तिहरुलाई सरकारले पक्राउ गरेको छ । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरा पक्राउ परेका छन् ।

यस्तै आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई प्रहरी खोजी गरिरहेको छ । तर पक्राउ पर्ने सुचना पाए लगत्तै प्रसाईं मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।

Advertisement:

Ad
Ad

आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । केएमसी अस्पतालबाट घाइते भेटेर फर्कने क्रममा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

पाल पनि पक्राउ परेका छन् । उनलाई शुक्रबार राति बागबजारस्थित आफ्नै ल फर्मबाट प्रहरीले पक्राउ गरेको हो ।

यता राजावादीका संयोजक नवराज सुवेदीलाई घरमै निगरानीमा राखिएको छ । गुह्वेश्वरी हाइटस्थित निवासमै प्रहरीले उनलाई नजरबन्द गरेको हो ।

शुक्रबार राजावादीलेहरुले शान्तिपूर्ण प्रदर्शन गर्ने भनेपनि आन्दोलन हिसात्मक बनेको थियो । आन्दोलनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । भने दर्जन बढी प्रहरी र प्रदर्शनकारी घाइते भएको थिए ।