इक्वेडरलाई २-० गोलले हराउँदै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा

२०८३ असार १७ गते

इक्वेडरलाई २-० गोलले हराउँदै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा मेक्सिकोले इक्वेडरलाई २-० गोलले पराजित गरेको छ । 

बुधबार भएको खेलमा इक्वेडरलाई २-० गोलले पराजित गर्दै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ । 

Advertisement:

Ad
Ad

 

खेलको २२औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए । यसैगरी, खेलको ३१ औं मिनेटमा अनुभवी स्ट्राइकर राउल जिमेनेजले अर्को दोस्रो गाल गर्दै मेक्सिकोलाई २-० को अग्रता दिलाएका थिए ।

त्यसपछि दुवै टीमले गोल गर्न सकेन । यस गोलसँगै मेक्सिको अन्तिम १६ मा प्रवेश गरेको हो । 

 इक्वेडरको विश्वकप यात्रा राउन्ड अफ ३२ बाट सकिएको छ ।