छापामार शैलीमा मौद्रिक नीति ल्याईयो : अर्थविद् नरबहादुर थापा

२०८२ असार २७ गते

छापामार शैलीमा मौद्रिक नीति ल्याईयो : अर्थविद् नरबहादुर थापा

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक एवं अर्थविद् नरबहादुर थापाले राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीति छापामार शैलीमा आएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजले शुक्रबार आयोजना गरेको एक कार्यक्रमका बीच थापाले राष्ट्र बैंक ऐन अनुरुप हरेक आर्थिक वर्षको साउन १ देखि १५ भित्र मौद्रिक नीति ल्याउने व्यवस्था हुँदा हुँदै असारमै मौद्रिक नीति ल्याइनु गलत भएको बताएका हुन् ।

'व्यापक छलफल पछि राष्ट्र बैंकबाट मौद्रिक नीति फलानो दिन आउँदैछ भनेर पूर्व सूचना दिनु ठिक हुन्छ, यसले बजार देखि सबै क्षेत्रको ठिक नीति बनाउन सुनिश्चत गर्छ, यसरी आउँदा अन्यौल हुन्छ,' उनले भने । 

Advertisement:

Ad
Ad