मंसिर ४ देखि एनआइसी एसिया म्युचुअल फण्डले नयाँ इकाईहरु निष्काशन गर्ने

२०८० कात्तिक १९ गते

मंसिर ४ देखि एनआइसी एसिया म्युचुअल फण्डले नयाँ इकाईहरु निष्काशन गर्ने

काठमाडौं । एनआइसी एसिया बैंक म्युचुअल फण्डले नयाँ इकाईहरु निष्काशन गर्ने भएको छ। एनआइसी एसिया बैंक कोष प्रवर्द्धक र एनआइसी क्यापिटल योजना व्यवस्थापक रहेको कोषले एनआइसी एसिया ग्रोथ फण्ड-२ इकाई निष्काशन गर्न लागेको हो।

इकाईहरु मंसिर ४ देखि ७ गतेसम्म निष्काशन हुनेछन्। कम्पनीको इकाईमा कम्तिमा १०० र बढीमा एक करोड इकाईका लागि आवेदन दिन सकिन्छ। अंकित मूल्य १० रुपैयाँ छ।

Advertisement:

Ad
Ad

कूल १० करोड इकाई निष्काशन हुने छन्। यसमध्ये १५ प्रतिशत एनआइसी एसिया बैंकले लिनेछ। बाँकी रहेको इकाई सर्वसाधारणले खरीद गर्न पाउने छन्। यो बन्दमूखी इकाई हो।