महंगो मूल्यमा सेयर जारी गरेको घोराही सिमेन्ट लगातार घाटामा

२०८२ वैशाख २९ गते

महंगो मूल्यमा सेयर जारी गरेको घोराही सिमेन्ट लगातार घाटामा

काठमाडौ । महंगो मूल्यमा सेयर जारी गरेर पुँजीबजारमा प्रवेश गरेको घोराही सिमेन्ट घाटामा गएको छ । घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५५ करोड ४३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । यद्यपि यो घाटा गत वर्षको यसैअवधिमा तुलनामा कम हो ।

गत वर्ष यो कम्पनी ६४ करोड २५ लाख घाटामा थियो । आकर्षक वित्तिय विवरणको प्रक्षेपण गरेर प्रिमियम मूल्यमा सेयर जारी गरेको घोराही सिमेन्ट लगातार घाटामा देखिएको छ । यसले ४३५ रुपैयाँ प्रतिकित्ताका दरले आइपिओ जारी गरेको थियो । ४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको  घोराहीले सिमेन्ट बिक्रीबाट हुने आम्दानी ३ अर्ब ८ करोडबाट बढेर ३ अर्ब ५२ करोड रुपैयाँ कमाएको छ ।

Advertisement:

Ad
Ad

यसको प्रतिसेयर आम्दानी (इपीएस) १२.१४ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ १९०.८० रुपैयाँ छ । कम्पनीलको वित्तीय खर्च ४१ करोड ८५ लाखबाट बढेर ६८ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । घोराही सिमेन्टको दोस्रो बजारमा ५१७.१६ रुपैयाँ रहेको छ । यसको ८० प्रतिशत अर्थात ३ करोड ६५ लाख ४१ हजार ४८६ कित्ता संस्थापक सेयर रहेको छ भने २० प्रतिशत अर्थात ९१ लाख ३५ हजार ३७१ कित्ता सवंसाधारणको सेयर रहेको छ ।