मागभन्दा बढी आवेदन परेपछि सोनापुर सिमेन्टको आईपीओ आवेदन बन्द

२०८० असोज १८ गते

मागभन्दा बढी आवेदन परेपछि सोनापुर सिमेन्टको आईपीओ आवेदन बन्द

काठमाडौं । मागभन्दा बढी आवेदन परेपछि सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले प्राथमिक सेयर (आईपीओ)मा आवेदन बन्द गरेको छ ।

१४ असोजदेखि कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम सहित ९७ लाख ३२ हजार ५४४ कित्ता साधारण सेयर (आईपीओ)निष्कासन गरेको थियो । तर, १७ असोज साँझसम्म मागभन्दा बढी आवेदन परेपछि कम्पनीले १८ असोज बिहीबार ५ बजेपछि आईपीओमा आवेदन बन्द गर्ने सूचना प्रकाशित गरेको छ ।

Advertisement:

Ad
Ad

बिहीबार बिहान १० बजेसम्म कम्पनीको आईपीओमा १० लाख ३४ हजार २५३ जना आवेदकले १ करोड ३८ लाख २७ हजार ७५० कित्ता सेयरको लागि आवेदन दिएका छन् ।