लचक मौद्रिक नीति आउने हल्लासँगै सेयर बजारमा उत्साह

२०८२ असार २६ गते

लचक मौद्रिक नीति आउने हल्लासँगै सेयर बजारमा उत्साह

काठमाडौ । शुक्रबार मौद्रिक नीति सार्वजनिक हुने हल्लासँगै सेयर बजारमा उत्साह देखिएको छ । बजार २५.८९ प्रतिशतले बढेर २७ सय ३१ विन्दु माथि पुगेको छ । कारोबार रकम ९ अर्ब ६८ करोड माथि रहेको छ ।

 गभर्नर डा. विश्वनाथ पौडेलले बिहिबार विहानै सञ्चालक समिति बैठक डाकेर सकेसम्म भोली नै मौद्रिक नीति ल्याउने गरी तयारी भएको  राष्ट्र बैंक स्रोतले बताएको छ । यस पटक मौद्रिक नीतिमा अधिकतम उदारता आउने देखिएको छ । यसैकारण आजको बजारमा सकारात्मक माहौल देखिएको छ ।

Advertisement:

Ad
Ad

३ सय १२ कम्पनीको  २ करोड ६४ लाख ७० हजार कित्ता भन्दा बढी सेयर खरिद बिक्रि भएको छ । माइखोला हाइड्रोपावर, माण्डु हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढीले बढेको छ । आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्टक्चर  एण्ड डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । यस कम्पनीको ५७ करोड बढीको सेयर कारोबार भएको छ ।