ललितपुरमा जर्मन महिला मृत अवस्थामा फेला

२०८० माघ १५ गते

ललितपुरमा जर्मन महिला मृत अवस्थामा फेला

काठमाडौँ  ।  ललितपुरमा एक जर्मन महिला मृत अवस्थामा फेला परेकी छन्।  उनी ललितपुर महानगरपालिका वडा नम्बर १६ स्थित ग्रिन तारा हेरिटेज अपार्टमेन्टको तेस्रो तलामा बस्दै आएकी थिइन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीका अनुसार उक्त महिला अन्दाजी ४४ देखि ५५ वर्षकी एडिलहेड स्चेनेको रहेको जानकारी दिए ।

Advertisement:

Ad
Ad

मृत महिलाको टाउकोबाट रगत बगेको देखिएको एसपी कार्कीले बताए । अहिले घटनास्थलमा फरेन्सिक टोली र तालिम प्राप्त कुकुरलाई ल्याइंदैछ । महिला दुई वर्षदेखि उक्त अपार्टमेन्टमा बस्दै आएकी छन्।  उनले काभ्रेको नमोबुद्धमा योगा विश्वविद्यालय सञ्चालन गर्दै आएकी थिइन् ।