लगातार सात दिनको घटाइ पछि नेप्से दोहोरो अंकले बढ्यो

२०८० माघ १४ गते

लगातार सात दिनको घटाइ पछि नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौँ  लगातार सात दिनको घटाइ पछि आइतबार भने शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ अंकमा बजार बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४९ प्रतिशतले बढ्न पुगेको हो ।

बजारमा आज ३.८९ अर्व रुपैयाँ बढीको कारोबार भएको छ । जसमा १७३ कम्पनी बढेका छन् भने ७० कम्पनी घटेका छन् । यसैगरी ४ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । शेयर बजार बढेसँगै माथिल्लो मैलुंग खोला र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयरमा भने दश प्रतिसतको उछाल आएको छ । त्यसैगरी, यस दिन हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य ८.७३ प्रतिशत बढेको छ। यस दिन चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक ९.८६ प्रतिशत घटेको छ ।

Advertisement:

Ad
Ad

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा ङादी ग्रुप पावर  लिमिटेड रह्यो ।

यस दिन विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।