लगातार दोस्रो दिन नेप्सेमा दोहोरो अंकको उछाल

२०८० पुस २४ गते

लगातार दोस्रो दिन नेप्सेमा दोहोरो अंकको उछाल

काठमाडौँ   साताको तेस्रो कारोबार दिन पनि नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २०.६२ अंकले बढेर २०८०.१२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १ प्रतिशतले बढ्न पुगेको हो ।

बजारमा आज कारोबार रकम बढेर ६.११ अर्व रुपैयाँ भन्दा बढीको किनबेच भएको छ । जसमा १६५ कम्पनी बढेका छन् भने ७७ कम्पनी घटेका छन् । यसैगरी ५ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । शेयर बजार बढेसँगै कर्णाली विकास बैंक, सिन्दु विकास बैंक, कालिका लघुवित्त, सप्तकोशी विकास बैंक, अप्पर स्यांगे हाइड्रोपावर कम्पनि, त्रिशुली जलविद्युत कम्पनि, मुक्तिनाथ कृषि कम्पनीको शेयरमा १० प्रतिशतको उछाल आएको छ । त्यस्तै हिजो मात्रै दोस्रो बजारमा प्रवेस गरेको हिमालयन रिइनस्युरेन्स कम्पनीको शेयरमा आज पनि लगातार सकारात्मक सर्किट लागेको छ ।

Advertisement:

Ad
Ad

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सोनापुर मिनेरल्स रह्यो भने सर्वाधिक शेयर कारोवार गर्ने कम्पनीमा निफ्रा रह्यो ।