२०८३ साउन २० गते
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्याबलाई नियुक्त गरेको छ ।
लगानी बोर्डको सीईओका लागि सिफारिस भएकी याङ्की उक्याब विकास अर्थशास्त्री हुन्।उनले यसअघि लगानी बोर्डमै पराशर्मदाताको रुपमा काम गरिसकेकी छन् ।
उनी सार्वजनिक नीति, दिगो विकास, जलवायु, आर्थिक विकास तथा लगानीका विषयको ज्ञाता हुन् । उक्याबले अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीति विषयमा स्नातकोत्तर तह अध्ययन गरेकी छिन्।
लगानी बोर्डको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ। अर्थमन्त्री लगानी बोर्डको उपाध्यक्ष हुन्छन्।
प्रतिक्रिया