२०८० पुस २६ गते
काठमाडौं। कुमारी बैंकले माघका लागि मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ। बैंकले बिहीबार सूचना जारी गर्दै माघमा मुद्दती निक्षेपमा अधिकतम ८.११ प्रतिशत ब्याज दिने बताएको हो। बैंकले १ वर्ष बढी अवधिका लागि यस्तो ब्याजदर निर्धारण गरेको हो।
बैंकले पुसमा अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो। माघमा मुद्दती निक्षेपमा अधिकतम ८.११ र न्यूनतम साढे ६ प्रतिशत ब्याज दिने घोषणा गरेको छ।
बैंकिङ प्रणालीमा अधिक तरलता रहेको र कर्जा अपेक्षाअनुसार प्रवाह हुन नसकेपछि बैंकहरुले ब्याजदर घटाउने निर्णय गरिरहेका छन्।
प्रतिक्रिया