कामना सेवा विकास बैंकको खुद नाफामा दोहोरो अंकले वृद्धि,खराब कर्जा घट्दोदरमा

२०८० माघ ०४ गते

कामना सेवा विकास बैंकको खुद नाफामा दोहोरो अंकले वृद्धि,खराब कर्जा घट्दोदरमा

काठमाडौं । कामना सेवा विकास बैंकको खुद नाफा दोहोरो अंकले वृद्धि भएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरणअनुसार चालु आवको पुस मसान्तसम्ममा बैंकले २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ३२.१९ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमासमा बैंकले १९ करोड ५९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

Advertisement:

Ad
Ad

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा बढेको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब २ करोड २६ हजार रुपैयाँबाट घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन नाफा २७ करोड ९८ लाख १६ हजारबाट बढेर ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ५१ करेड ८८ लाख ६० हजार रुपैयाँ रहेका छ ।

बैंकको खराब कर्जा ३.४२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ३.७० प्रतिशत रहेको थियो । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७८ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा रहेको छ ।