सेयर बजारमा कुनै राहत नदिई भारतले ल्यायो बजेट,  आयकर पनि यथावत

२०८२ माघ १८ गते

सेयर बजारमा कुनै राहत नदिई भारतले ल्यायो बजेट,  आयकर पनि यथावत

काठमाडौं । लोकसभामा वित्त मन्त्री निर्मला सीतारमणले बजेट २०२६ प्रस्तुत गरेकी छन्।  बजेटले आम नागरिकदेखि गरिब र किसानहरूलाई छोएपनि सेयर बजारलाई छोएको छैन भने आयकरको स्ल्यावमा पनि कुनै परिवर्तन् गरिएको छैन । , मध्यम वर्गलाई आयकरमा कुनै राहत दिइएको छैन।

 आयकर स्ल्याब पहिलेझैं यथावत् राखिएको छ। उता, सेयर बजारलाई पनि कुनै राहत नदिइएकाले बजारमा ठूलो गिरावट आएको छ र निफ्टी ५० झण्डै तीन प्रतिशतले घटेर २५,६०० भन्दा तल झरेको छ।वित्त मन्त्री निर्मला सीतारमणले देशमा ७ वटा नयाँ हाईस्पीड रेल कोरिडोर निर्माण गरिने बताएकी छन्।

Advertisement:

Ad
Ad

यी कोरिडोरहरू मुम्बई–पुणे, पुणे–हैदराबाद, हैदराबाद–बेंगलुरु, हैदराबाद–चेन्नई तथा सिलिगुडी–वाराणसी बीच निर्माण गरिनेछन्।

वित्त मन्त्रीले मेगा टेक्सटाइल पार्कहरू निर्माण गरिने पनि घोषणा गरेकी छन्। नेशनल फाइबर स्किम, म्यानमेड फाइबर, एडभान्स्ड फाइबर र नेशनल ह्यान्डलुम नीतिमार्फत कारीगरहरूलाई प्रोत्साहन र सहयोग प्रदान गरिनेछ। शैक्षिक संस्थानहरूबाट प्राविधिक सहयोग पनि सम्भव हुनेछ।