२०८१ चैत २६ गते
काठमाडौ । हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपि बसेको अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने पर्साका लोकनाथ साहले जग्गा विवादमा ढोडा मुखिया बिनलाई घरमै बोलाएर गोली हानी हत्या गरेका थिए । २०६४ साल बैंशाख २५ गते गोली हानेर फरार भएका शाहलाई प्रहरीले पक्राउ गरेको हो ।
कर्तव्य ज्यान सम्बन्धी मुद्दामा २०६९ कात्तिक २४ गते सर्वोच्च अदालतले सर्वस्व सहित जन्म कैदको फैसला गरेको थियो । तर उनी फरार भएपछि प्रहरीको खोजीमा थिए । उनी १० वर्षदेखि भारतको चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीको भेष धारण गरी बसेको पाइएको छ । उनी हाल ६२ बर्षका भए । सोमबार (चैत २५) विरगंजबाट पक्राउ परे सँगै उनलाई जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।
प्रतिक्रिया