ग्यास अभावको गुनासो बढेपछि उपत्यकामा दैनिक ४ वटा टोली खटियो अनुगमनमा

२०८२ माघ २६ गते

ग्यास अभावको गुनासो बढेपछि उपत्यकामा दैनिक ४ वटा टोली खटियो अनुगमनमा

काठमाडौं । काठमाडौं उपत्यकामा ग्यास सिलिण्डरको अभाव भएको गुनासो बढ्न थालेपछि सरकारी निकायले अनुगमनलाई तिव्रता दिएका छन् । काठमाडौमा केहीदिन देखि ग्यासको अभाव सर्वसाधारणले खेपिरहेका छन् ।

तर नेपाल आयल निगमले भने कृत्रिम अभाव सृजना गरिएको बताएको छ । सामान्य अवस्थामा भन्दा पछिल्ला दिनमा झनै बढी ग्यास सिलिण्डर भित्रिएपनि अभाव सृजना गरिएको निगमको आरोप छ ।  

Advertisement:

Ad
Ad

यसै सन्दर्भमा सोमबारदेखि वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागले अनुगमन गर्न थालेका छन् । ग्यासको आपुर्ति सहज भइएरहेपछि अनावश्यक स्टक राख्न थालेपछि अभाव बढेको हो । रिङरोड आसपासमा रहेको ठुला ग्यास सप्लायर्सलाई लक्षित गरेर ४ वटा  टोलीमार्फत अनुगमन थालिएको छ ।