२०८३ साउन २१ गते
काठमाडौं । ललितपुरस्थित ग्वार्कोको फ्लाइओभरको भित्तामा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ ।कोटेश्वरबाट ग्वार्कोतर्फ आउँदै गरेको बस बा २ ख ३५९० नम्बरको बस फ्लाइओभरको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ६ जना घाइते छन् । दुर्घटना बिहीबार बिहान करिब साढे १० बजेतिर भएको हो । घाइते भएका ६ जनाको बि एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया