नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम घटेर पाँच अर्ब १० करोड

२०८२ भदौ १६ गते

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम घटेर पाँच अर्ब १० करोड

काठमाडौँ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से १२.०३ अंकले बढेर २७६१.८६ विन्दुमा पुगेको छ।

नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब ६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजार आज ५ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

Advertisement:

Ad
Ad

यस दिन सर्वाधिक बढ्ने स्टकमा हिम्सटार उर्जा कम्पनी लिमिटेड रह्यो जसको सेयर ६.०७ प्रतिशतले बढेको छ । त्यसै गरि सर्वाधिक घट्ने स्टकमा उन्नति सहकार्य लघुवित्त रह्यो जसको शेयरमा ७.६८ प्रतिशतको गिरावट आएको छ । 

कारोबार रकमका आधारमा यस दिन पनि नेपाल रि-इन्स्योरेन्स नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसै गरी भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा कुमारी बैंक लिमिटेड रह्यो जसको नौ लाख एक हजार ५ सय ४७ कित्ता कारोबार भएको छ।