२०८२ माघ ०२ गते
काठमाडौ । चालु आर्थिक वर्ष २०८२/०८३ को ६ महिनामा ३९ अर्ब २३ करोड ८१ लाख रुपैयाँ भन्दा बढी वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागको तथ्यांक अनुसार साउन देखि पुष मसान्तसम्मा आएको प्रतिवद्धता हो । पुष महिनामा मात्र १४ करोड बढी प्रतिवद्धता आएको छ ।
यस अवधिमा ४७५ वटा विदेशी लगानीका परियोजनाहरु स्विकृत भएका छन् । पुष एक महिनामा मात्र ३६ वटा परियोजनामा लगानी स्विकृत भएको हो । नेपालमा विदेशी लगानीकर्ताको चासो सुचना प्रविधि क्षेत्रमा देखिएको छ। यस क्षेत्रमा मात्र २५७ वटा विदेशी लगानीका आयोजना स्विकृत भएको छ ।
आयोजनाको संख्याको हिसाबले यस क्षेत्रमा धेरै आकर्षण देखिएको छ । यद्यपि लगानी रकमका हिसाबले भने कृषि क्षेत्रको लगानी प्रतिवद्धता बढी छ । यसमा २१ अर्ब ८८ करोड रुपैयाँ भन्दा बढी लगानी प्रतिवद्धता आएको छ ।
कुन क्षेत्रमा कति लगानी प्रतिवद्धता ?
प्रतिक्रिया