एनआईसी एशिया बैंकका डेपुटी सीईओको राजीनामा अस्वीकृत

२०८० माघ २९ गते

एनआईसी एशिया बैंकका डेपुटी सीईओको राजीनामा अस्वीकृत

काठमाडौं । एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधिर पाण्डेले दिएको राजीनामा सञ्चालक समितिले अस्वीकृत गरेको छ।

पाण्डेले बुधबार सीइओ रोशन न्यौपानेसमक्ष राजीनामा दिएका थिए । शनिबार बसेको सञ्चालक समितिको बैठकमा डेपुटी सीईओ पाण्डेको राजीनामा सीईओ न्यौपानेले सञ्चालक समितिमा पेश गरेका थिए ।

Advertisement:

Ad
Ad

तर, अहिलेको परिस्थितिमा उच्च व्यवस्थापनको राजीनामाले नकारात्मक सन्देश जाने भन्दै सञ्चालक समितिले पाण्डेको राजीनामा अस्वीकृत गरेको हो ।

२०७५ मंसिरदेखि पाण्डे डेपुटी सीईओका रुपमा कार्यरत छन् ।पछिल्लो समय एनआईसी एशिया बैंकका रणनीतिहरु असफल हुन थालेपछि बैंकको व्यवस्थापन माथि दबाब बढ्न थालेको थियो । बैंकले राष्ट्र बैंक र सञ्चालक समितिलाई झुक्याएर गलत वित्तीय प्रतिवदेन तयार गरेपछि ब्यवस्थापन र संचालक समितिबीच बिबाद बढेको छ ।

राष्ट्र बैंकले पनि नियामकीय व्यवस्थाहरुमा चलखेल गरेको भन्दै एनआईसी एशिया बैंकमाथि अनुसन्धान सुरु गरेको छ ।