डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

२०८० फागुन ०३ गते

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

काठमाडौँ  । डिप्रोक्स लघुवित्त वित्तीय संथा लिमिटेड (DDBL) ले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १०.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो

Advertisement:

Ad
Ad

जसमा १० प्रतिशत बोनस शेयर रहने छ भने ०.५२६३२ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ रहने छ । फागुन ३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।