धितोपत्र बोर्डले मुद्दति खातामा लगानी गर्ने

२०८० कात्तिक १५ गते

धितोपत्र बोर्डले मुद्दति खातामा लगानी गर्ने

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मुद्दति खातामा लगानी गर्ने भएको छ।

सेबोनको लगानीयोग्य (अक्षय कोषबाहेकको) रकम मुद्दति खातामा लगानी गर्न लागिएको हो। उक्त रकम वाणिज्य बैंकमा मुद्दति निक्षेपका रुपमा १ वर्षका लागि लगानी गरिने सेबोनले जनाएको छ।

Advertisement:

Ad
Ad

इच्छुक बैंकले कात्तिक १९ गते कार्यालय समय भन्दा १ घन्टा अगाडि योग्यता खुल्ने आवश्यक कागजातसहित ब्याजदर प्रस्ताव गर्न सेबोनले आह्वान गरेको छ।

प्राप्त प्रस्ताव कात्तिक १९ गते अपराह्न ४ः१५ बजे ललितपुरको खुमलटारस्थित सेबोनको कार्यालयमा खोलिनेछ।