धनकुटामा एमाले अध्यक्ष ओली माथि मुक्का प्रहार (भिडियो सहित)

२०८० मंसिर २८ गते

धनकुटामा एमाले अध्यक्ष ओली माथि मुक्का प्रहार (भिडियो सहित)

काठमाडौं। संकल्प यात्राको क्रममा धनकुटा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक जनाले मुक्का हानेका छन् ।  ओलीमाथि धनकुटाकाे महालक्ष्मी नगरपालिका-५, लेगुवामा मुक्का प्रहार भएकाे हाे ।

Advertisement:

Ad
Ad

लेगुवाका महेश राईले ओलीलाई भोजपुरबाट धनकुटा प्रवेश गर्नासाथ ओलीलाई मुक्का हानेका हुन् । स्थानीयबासी ओलीको स्वागतका लागि लाइनमा बसिरहेका  थिए । साेहि क्रममा बीचतिर रहेका राईले अघि बढेर ओली नजिकै पुगेर मुक्का प्रहार गरेका थिए ।

https://www.youtube.com/watch?v=V8FiMOUUKAU

राईलाई हाल सुरक्षाकर्मीको नियन्त्रणमा रखिएको छ। हालसम्म उनले हमला गर्नुको कारण भने खुलिसकेकाे छैन । तर उनले मादक पदार्थ सेवन भने गरेकाे बताइएकाे छ ।