२०८२ माघ २० गते
काठमाडौं । देउराली–जनता फार्मास्युटिकल्स प्रा. लि. ३५ औ वर्षमा प्रवेश गरेको छ । नेपालको अग्रणी औषधि उद्योगका रूपमा स्थापित देउराली जनताले देशमा औषधि आयातमा रहेको परनिर्भरतालाई कम गर्दै औषधि उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अगाडी बढीरहेको छ ।
यस कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै अत्यावश्यक जीवनरक्षक औषधिहरू र विभिन्न दीर्घ रोगहरूको उपचारमा आवश्यक पर्ने ट्याबलेट, लिक्विड, ड्राइ पाउडर लगायतका २९६ प्रकारका जीवनरक्षक औषधिहरू उत्पादन गर्दै आएको छ ।
कम्पनीमा विश्वका विभिन्न मुलुकहरूबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक, प्राविधिक लगायत सबै तहमा गरी ६५७ जना कर्मचारी कार्यरत छन् । देउराली–जनता नेपालको औषधि उत्पादन क्षेत्रमा प्रविधि हस्तान्तरण मार्फत उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रविधि आयात गर्ने पहिलो र एकमात्र उद्योग हो ।
विज्ञानमा आधारित, गुणस्तर र सत्यनिष्ठाबाट प्रमाणित भएको कार्यदिशाको मर्मलाई आत्मसात गर्दै औषधि उत्पादनमा आत्मनिर्भर बन्ने र विश्व बजारमा नेपाली औषधिको निर्यात सम्भावनालाई साकार पार्ने गरी कम्पनी निरन्तर अघि बढिरहेको बताइएको छ ।
प्रतिक्रिया