दशैंका लागि च्यांग्रा काठमाडौं आइपुगे,कति छ मूल्य ?

२०८१ असोज १७ गते

दशैंका लागि च्यांग्रा काठमाडौं आइपुगे,कति छ मूल्य ?

काठमाडौं । दशैंका लागि हिमाली जिल्लाका च्यांग्रा काठमाडौं आइपुगेका छन् । दशैंमा बिक्री गर्नका लागि व्यवसायीहरुले मुस्ताङबाट काठमाडौं ल्याएका हुन् । पहिलो दिन ७९ वटा च्यांग्रा काठमाडौं ल्याइएको हो ।

ती च्यांग्राहरुलाई् कलंकीस्थित खसी बजारमा राखिएको छ । निजी क्षेत्रका व्यवसायीहरुले यो वर्ष झन्डै ५ हजार हाराहारीमा च्यांग्रा ल्याने तयारी गरेका छन् । पहिलो चरणमा काठमाडौं आइपुगेका च्यांग्राहरुको आजैदेखि नै बिक्री सुरु भईसकेको बताइएको छ । च्यांग्राको मूल्य प्रतिकेजी १ हजार २५० रुपैयाँदेखि १ हजार ३०० रुपैयाँसम्म तोकिएको छ ।

Advertisement:

Ad
Ad