दशैं अघि नेप्से परिसूचक झिनो अङ्कले बढ्यो, कारोबार रकममा गिरावट

२०८१ असोज २३ गते

दशैं अघि नेप्से परिसूचक झिनो अङ्कले बढ्यो, कारोबार रकममा गिरावट

काठमाडौँ।  आज नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन करिब साढे २७ अंक घटेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो।

Advertisement:

Ad
Ad

दशैँ अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.८५ अंक बढेर २६६८.१७ विन्दुमा पुगेको छ।

नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने न्यून रहेको छ । अघिल्लो कारोबार दिन साढे ४ अर्बको शेयर खरिदबिक्री भएको शेयर बजारमा आज भने ३ अर्ब ७६ करोड बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन युनाइटेड मोदी र मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने थ्रिस्टार हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सानिमा बैंकको करिब १९ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्स्को साढे १५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।