डलर र युरोको भाउ बढ्दा पाउण्डको घट्यो, के छ आजको विदेशी मुद्राको विनिमय दर ?

२०८० कात्तिक १४ गते

डलर र युरोको भाउ बढ्दा पाउण्डको घट्यो, के छ आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज मंगलवार थोरै बढेको छ। आज १ अमेरिकी डलरको बिक्री दर १३३.५१ र खरिद दर १३२.९१ कायम भएको छ। सोमबार १ अमेरिकी डलरको बिक्री दर १३३.५० र खरिद दर १३२.९१ थियो।

आज युरोपियन युरोको मूल्य बढ्दा बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने घटेको छ । आज १ युरोको खरिद दर १४०.५८ र बिक्री दर १४१.२१ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। सोमबार भने १ युरोको खरिद दर १४०.४२ र बिक्री दर १४१.०५ रुपैयाँ थियो।

Advertisement:

Ad
Ad

सोमबार १ पाउण्ड १६१.९६ रुपैयाँमा बिक्री भएकोमा आज त्यसको मूल्य १६१.८९ रुपैयाँ तय भएको छ। यस्तै, १ पाउण्डको खरिद दर सोमबार १६१.२४ रहेकोमा आज १६१.१७ रहेको छ।

कुन विदेशी मुद्राको विनिमय दर आज कति ?