दक्षिण एसियाली मुलुकमा नेपाल बाहेक सबै देशको चालुखाता घाटामा

२०८३ जेठ १३ गते

दक्षिण एसियाली मुलुकमा नेपाल बाहेक सबै देशको चालुखाता घाटामा

काठमाडौं । दक्षिण एशियाका मुलुकमध्ये नेपाल बाहेक अन्य मुलुकको चालु खाता घाटामा रहेको आर्थिक सर्वेक्षण २०८२/०८३ ले खुलाएको छ ।

 

Advertisement:

Ad
Ad

सन् २०२५ मा नेपालको चालु खाता कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ६.७ प्रतिशतले बचतमा रहेकोमा सन् २०२६ मा ०.२ प्रतिशत विन्दुले थप वृद्धि भई ६.९ प्रतिशतले बचतमा रहने प्रक्षेपण  सर्वेक्षणले गरेको छ ।

 

दक्षिण एशियाली मुलुकमध्ये कुल गार्हस्थ्य उत्पादनको अनुपातमा भुटानको चालु खाता सबैभन्दा बढी घाटामा रहने प्रक्षेपण छ । सन् २०२६ मा चीनको चालु खाता कुल गार्हस्थ्य उत्पादनको ३.५ प्रतिशत बचतमा रहने प्रक्षेपण छ । 

 

देशभित्र आउने कुल विदेशी मुद्रा र बाहिरिने मुद्राबीचको अन्तर चालु खाता हो । विदेशी मुद्रा धेरै भित्रने र कम बाहिरिने भयो भने बचतमा रहन्छ । यस विपरीत कम भित्रने र धेरै बाहिरिए घाटामा जान्छ ।चालु खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको र चालु खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको बुझिन्छ ।

 

निर्यात, प्रत्यक्ष वैदेशिक लगानी, रेमिटेन्स आदीका रुपमा विदेशी मुद्रा भित्रिरहेको हुन्छ । त्यस्तै, पेट्रोलियम पदार्थ, यातायातका साधन, औद्योगिक सामग्री आदीको आयातमा विदेशी मुद्रा बाहिरीरहेको हुन्छ ।