'कुलिङ पिरियड'को पारित भइसकेको विधयेकमा भएको त्रुटि छानबिन गर्न सभामुख सकारात्मक

२०८२ असार १७ गते

'कुलिङ पिरियड'को पारित भइसकेको विधयेकमा भएको त्रुटि छानबिन गर्न सभामुख सकारात्मक

काठमाडौं । निजामती सेवासम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’ राख्ने प्रावधानसँग जोडिएर अन्यथा अर्थ लाग्ने गरी शब्द थपिएको विषयमा सभामुख देवराज घिमिरेले गम्भीर छानबिनको आवश्यकता रहेको बताएका छन्।

मंगलबार सिंहदरबारमा भएका विभिन्न राजनीतिक दलका नेतासँगको छलफलका क्रममा सभामुख घिमिरेले यो विषयलाई साधारण नभई गम्भीर त्रुटि भएको बताएका हुन्।

Advertisement:

Ad
Ad

हालसम्म यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा निर्णय नभएको र सभामुख घिमिरेले संसद सचिवालयका वरिष्ठ अधिकारीहरूसँग छलफल जारी राखिरहेको बताइएको छ।