चीनले जाजरकोट भूकम्पपीडितलाई १० करोड बराबरको सामग्री सहयोग गर्ने

२०८० कात्तिक १९ गते

चीनले जाजरकोट भूकम्पपीडितलाई १० करोड बराबरको सामग्री सहयोग गर्ने

काठमाडौं । चीनले जाजरकोट भूकम्पपीडितलाई १० करोड रुपैयाँबराबरको सामग्री सहयोग गर्ने घोषणा गरेको छ ।

चीन–साउथ एसिया कन्ट्रिज इमर्जेन्सी सप्लाइज रिजर्भद्वारा नेपालका भूकम्पपीडितलाई उक्त सहयोग गर्न लागिएको नेपालका लागि चीनका राजदूत छन सोङले ट्विटर मार्फत जानकारी गराएका हुन् ।

Advertisement:

Ad
Ad

भूकम्पपीडितलाई चीनको तर्फबाट टेन्ट, कम्मललगायतको सामग्री सहयोग गर्ने जनाइएको छ । ती सामग्री केही दिनमै नेपाल आइपुग्ने राजदूत छनले उल्लेख गरेका छन् ।