२०८२ जेठ २३ गते
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयरमा आवेदन खुला भएको छ । आज (जेठ २३ गते ) शुक्रबारदेखि शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन सकिनेछ । कम्पनीले १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्रिमा ल्याएको छ । १ सय अंकित मूल्यमा ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रिमा ल्याएको हो ।
यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौं र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
उक्त हकप्रद सेयरको लागि छ्याङ्दीले जेठ २ गते बुक क्लोज गरिसकेको हुनाले जेठ १ गतेसम्म कायम सेयरधनीले मात्र यसको हकप्रद सेयर खरिद गर्न सक्नेछन् । हाइड्रोपावरको हकप्रद सेयरमा लगानीकर्ताले असार १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हाल छ्याङ्दी हाइड्रोपावरको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ । हकप्रदपछि पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया