बीमा कम्पनीहरुले सेयरमा १५ प्रतिशतसम्म लगानी गर्न पाउने

२०८० पुस २३ गते

बीमा कम्पनीहरुले सेयरमा १५ प्रतिशतसम्म लगानी गर्न पाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले सेयरमा १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ । प्राधिकरणले बीमा कम्पनीहरुका सम्बन्धमा जारी पाँच निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि बीमा कम्पनीहरुले साधारण सेयरमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था थियो।

प्राधिकरणले जीवन बीमकको लगानी (दोस्रो संशोधन) निर्देशन २०८०, निर्जीवन बीमकको लगानी (पहिलो संशोधन) निर्देशन , २०८० पुनर्बीमकको लगानी (पहिलो संशोधन) निर्देशन, २०८०, लघु निर्जीवन बीमकको लागि (पहिलो संशोधन)निर्देशन, २०८० र लघु जीवन बीमकको लगानी (पहिलो संशोधन) निर्देशन, २०८० मार्फत यस्तो व्यवस्था गरेको हो ।

Advertisement:

Ad
Ad

संशोशित व्यवस्था अनुसार अब जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुन र्बीमा कम्पनी साथै लघुबीमा कम्पनीले समेत कुल लगानीको १५ प्रतिशत सेयरमा लगानी गर्न पाउनेछन् ।

त्यसैगरी, बीमा कम्पनीहरुले अब प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्ड(पीईभीसी)मा लगानी गर्न पाउने बाटो समेत खुला भएको छ ।