दुरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ

२०८३ साउन १५ गते

दुरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापनमा ढिलाइ गरेर राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको आरोपमा उनलाई  प्रहरीले ललितपुरको धापाखेलबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) जनाएको छ । 

 

Advertisement:

Ad
Ad

भण्डारीमाथि स्मार्ट टेलिकम घोटाला प्रकरणमा विस्तृत अनुसन्धान सुरु गरिएको छ। निवर्तमान सञ्चारमन्त्री रेखा शर्माको सचिवालयमा विज्ञका रूपमा कार्यरत भएकै बेला भण्डारी प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए।