भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ५० पुग्यो

२०८० कात्तिक १८ गते

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ५० पुग्यो

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६।४ म्याग्निच्युडको भुकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म करिब ५० जनाको मृत्यु भएको हो।

नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म ३६ जनाको मृत्यु भएको छ । शनिबार राती ३स्३० बजेसम्म संकलन गरिएको विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको बताइएको छ ।

Advertisement:

Ad
Ad

रातिको समयमा भूकम्प गएकाले उद्दारमा कठिनाई र यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।