भारतीयले नेपाल आउँदा ल्याएको  २०० र ५०० दरका नोट २५ हजार सम्म सटही हुने

२०८३ साउन ०७ गते

भारतीयले नेपाल आउँदा ल्याएको  २०० र ५०० दरका नोट २५ हजार सम्म सटही हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय रुपैयाँ २५ हजारसम्म सटही गर्न सक्ने व्यवस्था गरेको छ ।

 

Advertisement:

Ad
Ad

केन्द्रिय बैंकले एक सुचना जारी गर्दै सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका भा.रु. २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५,००० को सीमासम्म प्रचलित व्यवस्था बमोजिम ल्याउन, लैजान तथा सटही गर्न सकिने बताएको  छ ।

त पुष २८ गतेको  नेपाल राजपत्रमा प्रकाशित सूचना (खण्ड ७५, संख्या ५७, भाग ५) बमोजिम कसैले पनि सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० दरका नोटको कारोबार गर्न नपाइने व्यवस्था रहेको छ ।विदेशी विनिमय सटहीको इजाजत लिएका जुनसुकै स्थानमा पनि सटही गर्न सकिने र त्यसरी सटही भएको रकम बैंकमा जम्मा गर्नुपर्ने हुन्छ । 


भारतको ‘रिजर्भ बैंक अफ इन्डिया ले जारी गरेको विदेशी विनिमय सम्बन्धी नीतिमा नै २०० र ५०० रुपैयाँ दरका भारतीय मुद्रा २५ हजारसम्म नगद लिएर नेपाल आउन वा जान पाउने व्यवस्था गरेको हो ।