बेनी सेक्युरिटिजलाई नेप्सेले गर्यो निलम्बन, सेयर कारोबार रोक्का

२०८३ भदौ ०३ गते

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्यो निलम्बन, सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज प्रालिलाई निलम्बन गरेको छ ।  ब्रोकर नं ९३ रहेको बेनीलाई  राफसाफ र फर्स्यौट कार्य समयमै नगरेको भन्दै नेप्सेले बुधबार देखि लागू हुने गरी कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

आज (भदौ ३) देखि यसबाट कुनै पनि सेयर कारोबार हुदैन । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले बेनी सेक्युरिटिजले तोकिएको समयावधिभित्र राफसाफ र फर्स्यौट कार्य पुरा नगरेको भन्दै निलम्बनका लागि नेप्सेलाई सिफारिस गरेको थियो । सोही आधारमा नेप्सेको सुपरीवेक्षण शाखाले बुधबार एक पत्र जारी गर्दै कम्पनीलाई कारबाही गरेको जानकारी दिएको छ ।

Advertisement:

Ad
Ad


नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ (१) (छ) बमोजिम बेनी सेक्युरिटिजलाई आगामी ३ कार्य दिनका लागि निलम्बन गरेको हो ।